शेयरबजार बढ्ने क्रम जारी, २२ सय विन्दुमा पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयरबजार बढ्ने क्रम जारी, २२ सय विन्दुमा पुग्यो



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक उकालो लागेको छ । आज बजार ४६.७६अंकले बढेर २२११.३८ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ८.६१ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ३.४८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.०४ अंकले बृद्धि भएको छ ।

सोमबार २५७ कम्पनीको एक करोड ४६ लाख ७६ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

बजार दोहोरो अंकले बढ्दा होटल तथा पर्यटन समूहको उपसूचक २३.९२ अंकले घटेको छ भने बांकी सबै समुहको उपसूचकमा हरियाली छाएको छ । जसमा बैंकिङ समूहको उपसूचक २९.२२,विकास बैंक १२४.२७, वित्त कम्पनीको ५९.२४, जलविद्युत १२२.६१, जीवन बीमा १७८.६७ उत्पादन तथा प्रशोधन समूहको २.२६, माइक्रोफाइनान्स समूहको उपसूचक ९.४९ अंकले बढेको छ। साथै, निर्जीबन बीमा समूहको उपसूचक २३७.६१, अन्य समूहको २९.६६ र ट्रेडिङ समूहको उपसूचक ७५.५८ अंकले बढेको छ ।

नेप्सेका अनुसार आज करिब एक दर्जन कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा बरुण हाईड्रोपावर, खानीखोला हाईड्रोपावर, छ्याङदी हाईड्रोपावर, जोशी हाईड्रोपावर डेभलपर, हिमालयन उर्जा विकास कम्पनी, युनियन हाईड्रो, सिगटी हाईड्रो, खप्तड लघुवित्त वित्तीय संस्था, राधी विद्युत कम्पनी, बाराही हाईड्रोपावर कम्पनी र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर रहेको छ । त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा भने आज सबैभन्दा बढी गिरावट भएको छ ।

कारोबारका आधारमा रिडी पावर कम्पनीको सबै भन्दा बढी कारोबार भएको छ । यसको आज २० करोड ६८ लाख १७ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित : २५ पुष २०७९, सोमबार १५:३९