काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश दिने भएको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ७.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
जसमा ६.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश छन् । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
Comment