चन्द्रागिरि साकोसको वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांस र संरक्षित पुँजी फिर्ताकोष पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चन्द्रागिरि साकोसको वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांस र संरक्षित पुँजी फिर्ताकोष पारित



काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा पौष २३ गते सम्पन्न भएको छ । पौष १६ गते देखि २२ गते सम्म विभन्न ७ वटा ईकाहरुबाट समान कार्यसूचीमा ईकाई सभाहरु आयोजना गर्दै निर्णय प्रमाणित गर्ने सभा पौष २३ गते सम्पन्न भएको हो ।

साधारण सभाको निर्णय प्रमाणित गर्ने सभाको उद्घाटन सत्रमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले सहकारीमा विभिन्न उप समितिहरु गठन गरिए जस्तै अर्थतन्त्र र वित्तीय बजारलाई नजिकबाट नियाल्ने र उपयुक्त नीतिगत सुधारको लागि सुझाव दिन सक्ने उपसमिति सहकारी संस्थाहरुमा गठन गर्नु उपयुक्त हुने विचार व्यक्त गरे ।

विशिष्ट अतिथि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सहकारीलाई उत्पादनकोे मुल्य श्रङ्खला संग जोड्नु पर्ने कुरामा जोड दिए भने राष्ट्रिय सहकारी महासंघका नायब महाप्रबन्धक बाबुल खनालले ऋण सदुपयोगिता अनुगमनको छुट्टै कार्यविधि बनाएर ऋणहरुको अनुगमन गर्न सुझाव दिए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक केदार मानन्धर र विभिन्न छिमेकी संस्था तथा साझेदार संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति थियो।

उक्त सभामा आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन अध्यक्ष योगेन्द्रकुमार कुँवरले, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक भानुप्रकाश ढकालले, लेखापरीक्षण प्रतिवेदन पी.बी.के.पी. एण्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्ट विनोद फुँयालले र आगामी वर्षको कार्यक्रम तथा बजेट र ४ वर्षे रणनीतिक योजना प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले प्रस्तुत गरेका थिए ।

उक्त साधारण सभाले सदस्यहरुलाई १० प्रतिशत शेयर लाभांस र संरक्षित पुँजी फिर्ता कोष वितरण गर्ने सहित विभिन्न १४ वटा कार्यसूचीहरु पारित गरेको थियो । सभाकै विच संस्था र विभिन्न दाताहरुको योगदाबाट स्थापना भएको चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति कोषबाट २३ जना विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो भने १९ जना दाताहरुलाई सम्मान पनि गरेको थियो ।

त्यसैगरी, सदस्य तर्फ कुन्नम पोखरेल र दिपक दुलाल तथा वर्ष सदस्य कर्मचारी शाखा अधिकृत दामोदर रिजाल र लगनशील कर्मचारी प्रभा बन्जारा एवं श्यामकुमारी खड्कालाई सम्मानित तथा पुरस्कृत गरेको थियो ।

प्रकाशित : २४ पुष २०७९, आईतवार २२:३२