राष्ट्र बैंकले २ अर्ब १० करोड मुद्धति निक्षेपमा राख्दै, प्रस्ताव गर्ने म्याद २६ गतेसम्म « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले २ अर्ब १० करोड मुद्धति निक्षेपमा राख्दै, प्रस्ताव गर्ने म्याद २६ गतेसम्म



काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब १० करोड रुपैंया मुद्धति निक्षेपमा राख्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम तीन सय ६६ दिनका लागि मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

केन्द्रीय बैंकले सूचना जारी गरी क, ख र ग वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको छ । जसमा ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ६८ करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ३१ करोड ५० लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १० करोड ५० लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्न लागेको छ ।

बैंकले आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी पुस २४ गतेदेखि २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशत भन्दा कम रहेको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्नेछ ।

कर्जा, निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेर सर्त पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित : २४ पुष २०७९, आईतवार १६:५६