काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज बजार २०.६८ अंकले बढेर २१६४.४८ बिन्दुमा पुगेको हो । सेन्सेटिभ इन्डेक्स आज स्थिर रहेको छ भने फ्लोट इन्डेक्स १.४५ अंक बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०५ अंकले घटेको छ ।
आइतबार २५९ कम्पनीको एक करोड ४१ लाख ९८८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १ रुपैयाँको शेयर कारोबार भएको छ ।
बजारमा दोहोरो अंकले बढ्दा बैंकिङ समूहको उपसूचक १२.२५, उत्पादन तथा प्रशोधन समूहको ६४.६३, माइक्रोफाइनान्स समूहको उपसूचक १०.९९ अंकले घटेको छ भने अरु बाँकी सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।
जसमा विकास बैंक १९.२२, वित्त कम्पनीको ३६.०६, होटल १३०.४६, जलविद्युत ५३.८६, जीवन बीमा ४६८.९८, निर्जीबन बीमा समूहको उपसूचक ३२१.५६, अन्य समूहको १५.३६ र ट्रेडिङ समूहको उपसूचक ५७.६७ अंकले बढेको छ ।
नेप्सेका अनुसार आज तीन वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा खप्तड लघुवित्त वित्तीय संस्था, बराही हाईड्रोपावर र ङादी ग्रुप पावर कम्पनी रहेका छन् । त्यस्तै, आज बुद्धभुमी नेपाल हाइड्रोपावर, वीन नेपाल लघुवित्त वित्तीय संस्था र सिर्जनशिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज २१ करोड २९ लाख ५२ हजार भन्दा बढीको कारोबार भएको छ ।
Comment