कुलमानलाई उत्कृष्ट व्यवस्थापक अवार्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कुलमानलाई उत्कृष्ट व्यवस्थापक अवार्ड



काठमाडौं, २७ पुस ।  नेपाल चेम्वर अफ कमर्सले बेष्ट मेनेजमेन्ट अवार्ड नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई सम्मान गरेका हुन् । नेपाल चेम्वर अफकमर्सले ६६औं वार्षिक साधारण सभा  र चेम्वर दिवस २०७३ का अवसरमा चेम्बरले घिसिङसहित मुलुकको आर्थिक विकासमा योगदान पुर्याउनु हुने विभिन्न कम्पनीलाई सम्मान गरेको छ । चेम्वरले तेसो मुलुकतर्फ निर्यात गर्ने कार्गाे तर्फ मुक्तिनाथ दिकार्गाे, राईजिङ स्टार कार्गाे, ग्लोबल सिपिङ लजिष्टिक, कार्पेट तर्फ हिमालय कार्पेट, काजु आर्टस रग, डेजे कार्पेट प्रा.लि., पारामाउण्ट कार्पेट इण्डष्ट्रिज प्रा.लि., दि सांग्रिला कार्पेट एण्ड ह्याण्डिक्राप्mट इण्डष्ट्रिज, गार्मेण्ट तर्फ युनाईटेड कलर्स फेशनप्रा.लि., नेपाल फेशनप्रा.लि. ह्याण्डिक्राफ्ट तर्फ अष्टमंगल हस्तकला उद्योग, फेल्ट तर्फ एभरेष्ट फेशन, इण्डिया तर्फ किरण शुजम्यानुफेक्चरर्स, चाईनातर्फ न्यु इशा इन्टरप्राईजेजलाई सम्मान गरेको छ । यस्तै, चेम्वर एक्सिलेन्स अवार्ड २०१६ नेपाल निर्यात परिषदलाई प्रदान गरिएको छ ।

यसै गरी पूर्व स्वर्गीय अध्यक्षहरुको स्मृतिमा उनीहरुको परिवारकातर्फबाट चेम्वरले ईश्वरलाल टाईम अचिभमेन्ट अवार्ड उद्योगपति व्यवसायी तथा समाजसेवी लक्ष्मीदास मानन्धरलाई, ईश्वरभक्त मेमोरियल अवार्ड व्यवसाय प्रवद्र्धनमा योगदान पुर्याउनु भएका चन्द्रगिरी हिल्स लिमिटेडका संचालक चन्द्रप्रसाद ढकाललाई, र बनवारी लालममोरियल अवार्ड सूचना तथा प्रविधिको माध्यमद्वारा मुलुकको आर्थिक विकासमा टेवा पुर्यारउनने इन्फो डेभलपर्स प्रा.लि.लाई प्रदान गरिएको थियो ।

प्रकाशित : २७ पुष २०७३, बुधबार १५:०७