सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा माघ १५ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा माघ १५ गते



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा माघ १५ गते गर्ने भएको छ। सञ्चालक समितिको बैठकले सभा ठमेलस्थित छायाँदेवी कम्प्लेक्सको अलोफ्ट काठमाण्डूमा साँझ ५ बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो।

सभाले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले सञ्चालकको नियुक्ति अनुमोदन गर्नुका साथै स्वतन्त्र सञ्चालकको नियुक्ति गर्नेछ। सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।

प्रकाशित : २४ पुष २०७९, आईतवार १२:३६