लाइफ इन्स्योरेन्स कर्पोरेशनले हकप्रद निष्कासन गर्न पायो प्राधिकरणको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

लाइफ इन्स्योरेन्स कर्पोरेशनले हकप्रद निष्कासन गर्न पायो प्राधिकरणको अनुमति



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले हकप्रद निष्कासन गर्न बीमा प्राधिकरणबाट अनुमति पाएकाे छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत हकप्रद निष्कासन गर्न नेपाल बीमा प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति पाएको हो ।

प्राधिकरणले पुस २१ गतेको पत्र मार्फत हकप्रद शेयर जारी गर्न अनुमति दिएको थियो ।कम्पनीले १९ औं वार्षिक साधारण सभाबाट हाल कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत अर्थात,१ कित्ता बराबर ०.८८४५१ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्नेछ ।

प्रकाशित : २२ पुष २०७९, शुक्रबार १४:२२