आँधिखोला लघुवित्तले माघ १३ गते डाक्याे साधारण सभा, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आँधिखोला लघुवित्तले माघ १३ गते डाक्याे साधारण सभा, यस्ता छन् एजेण्डा



काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले माघ १३ गते वार्षिक साधारण सभा डाकेको छ । सभा होटल गाउँवेशीको सभाहल वालिङ–८, स्याङ्जामा बिहान साढे ११ बजे सुरु गर्ने निर्णय गरेको हो।

सभामा यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस शेयर र १.५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी जम्मा ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।

त्यसका साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

सभा प्रयोजनका लागि संस्थाले माघ ३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ २ गतेसम्म शेयर खरिद गरी कायम रहने शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : २२ पुष २०७९, शुक्रबार १२:२३