शेयर बजारको उत्साह कायमै, कारोबार रकम पाँच अर्ब नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजारको उत्साह कायमै, कारोबार रकम पाँच अर्ब नाघ्यो



काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक दाेहाेराे अंकले बढेको छ । आज बजार १८.०९ अंकले बढेर २१४३.७६ बिन्दुमा पुगेको हो । सेन्सेटिभ इन्डेक्स २.५१ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.२४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०८ अंकले बृद्धि भएको छ ।

बिहीबार २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९२८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा बैंकिङ समूहको ४.७४, अन्य समूहको उपसूचक १३.७४ अंकले घटेको छ भने बांकी सबै समूहको उपसूचक विकास बैंक ३.५६, वित्त कम्पनी ५०.२०, होटल तथा पर्यटन १७८.२३, जलविद्युत ४२.२६, जीवन बीमा १३४.७६, उत्पादन तथा प्रशोधन १६४.११, माइक्रोफाइनान्स समूहको उपसूचक ६४.४४ अंकले बढेको छ ।

नेप्सेका अनुसार आज आधा दर्जन कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा, चन्द्रागिरी हिल्स, बुद्धभुमी नेपाल हाईड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, सृजनशिल लघुवित्त, बाराही हाईड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी रहेका छन् । त्यस्तै, आज पाँच कम्पनीको शेयरमूल्यमा सामान्य गिरावट भएको छ ।

कारोबार रकमका आधारमा हिमालयन डिस्ट्रीलरी कम्पनीको सबैभन्दा बढी भएको छ । कम्पनीको ४३ करोड १९ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित : २१ पुष २०७९, बिहीबार १५:५३