एनआइबीएल ग्रोथ फन्डमा आवेदन दिने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआइबीएल ग्रोथ फन्डमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । एनआइबीएल ग्रोथ फन्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। एनआइबीएल एस क्यापटिलले पुस ७ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको थियो । तर, सो समयमा माग अनुसारको आवेदन नपरेपछि समय थप गरेर बिहीबारसम्म पुर्याइएको हो ।

क्यापिटलले एनआइबीएल ग्रोथ फन्डको कुल १६ करोड इकाई निष्कासन गरेको हो । जसमध्ये ३ करोड ४ लाख इकाई वा कुल बिक्री भएको इकाईको १९ प्रतिशत बीज पुँजीबापत कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, १ प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटललाई छुट्याएको छ ।

बाँकी १२ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको व्यवस्थापक एनआइबीएल एस क्यापिटलले जनाएको छ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।

प्रकाशित : २१ पुष २०७९, बिहीबार ११:२३