रिलायन्स लाइफले लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिलायन्स लाइफले लाभांश नदिने



काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

अब कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाउनेछ। प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत भएसँगै कम्पनीले आगामी वार्षिक साधारणसभाबाट वित्तीय विवरण पारित गर्नेछ।

प्रकाशित : 5 January, 2023 11:10 am