हिमालयन एयरलाइन्सको नयाँ जहाजले परीक्षण उडान गर्‍यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन एयरलाइन्सको नयाँ जहाजले परीक्षण उडान गर्‍यो



काठमाडौं  २६ पुस । हिमालयन एयरलाइन्सले ल्याउन लागेको नयाँ बिमानले टेस्ट फ्लाइट (परीक्षण उडान) गरेको छ । जर्मनीमा बनेको यो नयाँ जहाजले गत जनवरी ६ मा परीक्षण उडान भरेको थियो । साथै यो छिट्टै नेपालमा आउने तयारीमा छ ।

यो बिमान नेपाली आकाशमा उड्नको लागि 9N-ALV नम्बरमा दर्ता समेत भइसकेको छ । जर्मनी आकाशमा टेस्ट फ्लाइट गर्नको लागि भने यो बिमान D-AVVU  नम्बरमा दर्ता भएको छ ।

यो एयरबस ३२०-२१४ सिरिजको हो भने यसको क्षमता ६८ हजार देखि ७७ हजारसम्म छ ।

प्रकाशित : २६ पुष २०७३, मंगलवार ११:५२