कालिञ्चोक दर्शनको आइपीओ बाँडफाँट, २३१ जनाको आवेदन रद्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कालिञ्चोक दर्शनको आइपीओ बाँडफाँट, २३१ जनाको आवेदन रद्द



काठमाडौं । कालिञ्चोक दर्शनले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र स्थानीय बासिन्दाका लागि जारी गरेको आइपीओ बुधबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय नक्सालमा आईपीओ बाँडफाँड भएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीले स्थानीय बासिन्दालाई जारी गरेको १ लाख २० हजार कित्ता शेयर १२ हजार स्थानीय बासिन्दाले गोलाप्रथाबाट १० कित्ताका दरले हात पारेका छन् ।

स्थानीय बासिन्दाबाट १५ हजार ४११ आवेदन परेकोमा २३१ जनाको आवेदन रितपूर्वक नपरेकाले रद्द गरिएको नबिल इन्भेष्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुबाट रितपुर्वक परेको सबै ६ हजार २५९ जना आवेदकलाई १० कित्ताका दरले ६२ हजार ५९० कित्ता आईपीओ बाँडफाँड गरिएको छ । यसरी बाँडफाँड गरेर बाँकी रहेको ४५ हजार ४१० कित्ता शेयर २० कित्तादेखि एक हजार कित्तासम्म आवेदन गर्नेमध्ये गोलाप्रथाबाट ४ हजार ५४१ जना आवेदकलाई थप १० कित्ताका दरले बाँडफाँड गरिएको हो ।

यसअनुसार वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुमध्ये ४ हजार ५४१ जनालाई २० कित्ताका दरले ९० हजार ८२० कित्ता र १ हजार ७१८ जनालाई १० कित्ताका दरले १७ हजार १८० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

प्रकाशित : २० पुष २०७९, बुधबार १६:५१