नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, कारोबार रकममा पनि बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, कारोबार रकममा पनि बृद्धि



काठमाडौं । बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज बजार ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको हो ।

२५८ कम्पनीको ५७ हजार ३१२ वटा कारोबारबाट ८७ लाख ३३ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, बुधबार सबै उपसूचकमा हरियाली देखिएको छ । बैंकिङ समूहको १६.९९, विकास बैंक १६१.२७, वित्त कम्पनी ६८.९८, होटल तथा पर्यटन ५३.८३, जलविद्युत ९५.७९, जीवन बीमा १४४.०९, माइक्रोफाइनान्स २६५.१६, टेडिंङ समूहको २०३.३९, निर्जीबन बीमा समूहको उपसूचक ३००.१६ अंकले बढेको छ भने उत्पादन तथा प्रशोधन२७९.४० र अन्य समूहको उपसूचक ५६.०१ अंकले बढेको छ ।

नेप्से बढेसँगै बुधबार दुई दर्जनभन्दा बढी स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन, हिमालयन डिष्टिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर, खप्तड लघुवित्त, कालिका पावर, आरएसडिसी लघुवित्त, बाराही हाइड्रोपावर, विन्ध्यबासिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, आशा लघुवित्त लगायतका स्टकहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

उच्च अंकले बढेको बजारमा समेत नेपाल एसबीआई डिबेन्चरका लगानीकर्ताले भने सर्वाधिक १.९९ प्रतिशतले गुमाए । सनराइज ब्लूचिप फण्ड १.७४ प्रतिशतले घट्यो । त्यस्तै कारोबारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ११ करोड ५२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित : २० पुष २०७९, बुधबार १६:१८