राहदानी वितरण अनिश्चितकालका लागि बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

राहदानी वितरण अनिश्चितकालका लागि बन्द



काठमाडौं । राहदानी विभागले पासपोर्ट (राहदानी) वितरण बन्द गरेको छ। सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी आवेदनको स्टाटस (अवस्था) हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको जनाएको छ।

विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रुपमा सुचारु हुन केही समय लाग्ने विभागकी प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिएकी छन्।

प्रकाशित : २० पुष २०७९, बुधबार ०९:००