बीमा अभिकर्ता परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका जारी(पुर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बीमा अभिकर्ता परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका जारी(पुर्णपाठ)



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ । प्राधिकरणले बीमा व्यवसायको विकासको लागि समय सापेक्ष दक्ष जनशक्ति तयार गर्न बीमा ऐन, २०७९ को दफा ९२ को उपदफा २ को व्यवस्था बमोजिम सञ्चालन गरिने बीमा मध्यस्थकर्ता (अभिकर्ता)को परीक्षालाई व्यवस्थित, गुणस्तरीय र नियमित बनाउने उद्देश्यले उक्त निर्देशिका जारी गरेको हो ।

निर्देशिका अनुसार अभिकर्ताको परीक्षा दिन चाहनेले ५ सय रुपैयाँ आवेदन शुल्क तिर्नुपर्नेछ । अभिकर्ताको परीक्षा अनलाइनबाट सञ्चालन गरिनेछ । त्यस्तै, परीक्षालाई मर्यादित अनुशासित तथा व्यवस्थित गर्नका लागि परीक्षा सम्बन्धी आचार संहिता परीक्षा समितिले तोकेको बमोजिम हुनेछ । परीक्षा समितिमा संयोजकसहित ७ जना हुनेछन् ।

प्राधिकरणले जीवन र निर्जीवन बीमाका अभिकर्ताहरुको परीक्षाको लागि छ्ट्छ्ट्टै पाठ्क्रम सार्वजनिक गरेको छ । जीवन बीमाको अभिकर्ताहरुको परीक्षाका लागि जोखिम र जोअिम व्यवस्थापन, बीमो परिचय, बीमा अभिकर्ता, बीमाको सिद्धान्त, बीमालेख, जीवनबीमा सम्बन्धी कागजात, बीमाशुल्क र बोनस, जोखिमाङकन, दावी, जीवन बीमाको बजारीकरण, बीमा अभिकर्ता र कर, बीमा सम्बन्धी कानुनी व्यवस्था र बीमा बजार पाठ्यक्रम तयार पारिएको छ ।

त्यस्तै, निर्जीवन बीमा अभिकर्ताको परीक्षाको लागि जोखिम र जोखिम व्यवस्थापन, बीमाको परिचय, बीमा अभिकर्ता, बीमाको सिद्धान्त, बीमालेख, निर्जीवन बीमा सम्बन्धी कागजात, बीमाशुल्क र बीमादर, जोखिमाङकन, दावी, निर्जीवन बीमाको बजारीकरण, बीमा अभिकर्ता र कर, बीमा सम्बन्धी कानुनी व्यवस्था र बीमा बजार पाठ्यक्रम तयार पारिएको छ ।

पुर्णपाठ :

प्रकाशित : १९ पुष २०७९, मंगलवार १६:०१