शेयर बजार सामान्य अंकले घट्याे, कारोबार रकममा भने सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजार सामान्य अंकले घट्याे, कारोबार रकममा भने सुधार



काठमाडौं । केहि दिनदेखि निरन्तर उकालो लागेको बजारमा मंगलबार भने समान्य अंकले ब्रेक लागेको छ । आज बजार ३.०३ अंकले घटेर २०५८.७१ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.३९ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.१० अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स भने ०.३३ अंकले बृद्धि भएको छ।

२५७ कम्पनीको ८२ लाख २२ हजार ८३३ कित्ता शेयर, ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार रुपैयाँमा शेयर किनबेच भएको छ । कारोबारमा आज अधिकांश समूहको उपसूचक घटेको छ ।

होटल तथा पर्यटन समुह ७७.१३, माइक्रोफाइनान्स १११.३४, टेडिंङ समूहको ५८.४५ र म्युुचुअल फण्ड ०.०५ अंकले बढेको छ भने बाकी सबै समुह राताम्मे छन् । बैंकिङ समूहको ३.३८, विकास बैंक १९.५४, वित्त कम्पनी २१.०९,जलविद्युत ६.४५, जीवन बीमा ११२.५२, उत्पादन तथा प्रशोधन ३३.४९, निर्जीबन बीमा समूहको उपसूचक २३.०२,, र अन्य समूहको उपसूचक २६.८४ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज ४ वटा कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा धौलागिरी लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स र श्वेत–गङ‍्गा हाइड्रोपावर रहेका छन् । त्यस्तै वीन नेपाल लघुवित्त वित्तीय संस्था र बोटलर्स नेपाल तराइ लिमिटेडको शेयरमूल्यमा भने आज सबैभन्दा बढी गिरावट आएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ४३ करोड १९ लाख ६४ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : 3 January, 2023 3:27 pm