भाटभटेनीको नाममा रहेको बैंक अफ काठमान्डूको संस्थापक शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

भाटभटेनीको नाममा रहेको बैंक अफ काठमान्डूको संस्थापक शेयर बिक्रीमा



काठमाडौ । बैंक अफ काठमान्डूले संस्थापक शेयरधनी भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेण्टल स्टोरको नाममा रहेको ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता २०० रुपैयाँका दरले उक्त शेयर बिक्री गर्न लागेको हो ।

यसमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिन भित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

सो समय भित्र बैंकका विद्यमान संस्थापकहरुबाट शेयर खरिदका लागि आवेदन नपरेमा उक्त संस्थापक शेयर कानून बमोजिम बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित : १९ पुष २०७९, मंगलवार १३:०२