प्रुडेन्सियल इन्स्योरेन्सकाे लाभांश घाेषणा, नगद र बोनस कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रुडेन्सियल इन्स्योरेन्सकाे लाभांश घाेषणा, नगद र बोनस कति ?



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले शेयरधनीहरुलाई कुल ६.८४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमा ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३४२ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित : १९ पुष २०७९, मंगलवार ११:१८