५ कम्पनीको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

५ कम्पनीको शेयर मूल्य समायोजन



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले सिभिल बैंक, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स, पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स र सीवाइसी नेपाल लघुवित्तलको शेयरमूल्य समायोजन भएको हो ।

यी कम्पनीहरुले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस १९ गते मंगलबार बुक क्लोज गर्दैछन् । आजसम्म कायम रहेका शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

मंगलबार यी कम्पनीहरुको शेयर कारोबार समायोजित मुल्यलाई आधार मानेर खुला हुनेछ । सिभिल बैंकको ५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको मुल्य प्रतिकित्ता २३८ रुपैयाँ १० पैसा कायम भएको छ । यस्तै, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको २.४० प्रतिशत बोन शेयरपछि समायोजित मुल्य प्रतिकित्ता ३२९ रुपैयाँ १० पैसा कायम भएको छ ।

पोखरा फाइनान्सको पनि ४ प्रतिशत बोनस शेयरपछि समायोजित मुल्य ३७३ रुपैयाँ ८ पैसामा आएको छ । त्यस्तै, आइसीएफसी फाइनान्सको ५ प्रतिशत बोनस शेयरपछि समायोजित मुल्य प्रतिकित्ता ४४५ रुपैयाँ ७१ पैसा र सीवाइसी नेपाल लघुवित्तको ३० प्रतिशत बोनस शेयरपछि समायोजित मुल्य प्रतिकित्ता १ हजार ९२९ रुपैयाँ २३ पैसा कायम भएको छ ।

प्रकाशित : १८ पुष २०७९, सोमबार १७:२९