राष्ट्रिय सहकारी बैंकको १९औं साधारण सम्पन्न,के.बि. उप्रेतीको अध्यक्षतामा नयाँ सञ्चालक समिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी बैंकको १९औं साधारण सम्पन्न,के.बि. उप्रेतीको अध्यक्षतामा नयाँ सञ्चालक समिति



काठमाडाैं । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले के.बि. उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मी प्रसाद उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ ।

संचालक समिति सदस्यमा प्रदेश नम्बर १ बाट महेन्द्र कुमार गिरी, मधेश प्रदेशबाट विशवनाथ मण्डल, बागमती प्रदेशबाट रामहरि बजगाईं, गण्डकी प्रदेशबाट राममहादुर जीसी, कर्णाली प्रदेशबाट कालिबहादुर महतारा, लुम्बिनी प्रदेशबाट विजया धिताल र सुदूरपश्चिम प्रदेशबाट शिवा थापा निर्वाचित भएका छन् । त्यसैगरी खुल्ला सञ्चालक सदस्यमा केदार मानन्धर, माधवलाल देवकोटा, ध्रुवराज बिष्ट, मनोजकुमार थापामगर निर्वाचित भएका छन् । बैंकको महिला सञ्चालकहरुमा अमृता सुब्बा, तारा गुरुङ र पार्वती थापा निर्वाचित भएका हुन् ।

लेखा सुपरीवेक्षण समिति सदस्यहरुमा केशवप्रसाद सापकोटा र चन्द्रकुमारी पराजुली निर्वाचित भएका हुन् । राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव प्रसाद बडालको प्रमुख आतिथ्यतामा सभा समापन कार्यक्रम गरिएको हो । कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डित लगायतको आतिथ्यता रहेको थियो । बैंकले गत शनिवार सातै प्रदेशमा एकैपटक इकाइगत साधारणसभा सम्पन्न गरेको थियो ।

बैंकद्वारा आज आयोजित क्षेत्रगत साधारणसभाको निर्णय प्रमाणिकरण तथा सभा समापन समारोहमा नवनिर्वाचित् सञ्चालक समिति तथा लेखासुपरीवेक्षण समिति सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रकाशित : १८ पुष २०७९, सोमबार १५:५७