शेयर बजार बढ्ने क्रम जारी, करिब ३ अर्बको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजार बढ्ने क्रम जारी, करिब ३ अर्बको कारोबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से १७.५६ अंकले बढेर २०६३.८३ बिन्दुमा पुगेर रोकिएको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.८८ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.६१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२८ अंकले बृद्धि भएको छ ।

२५३ कम्पनीको ८२ लाख ७१ हजार ३५५ कित्ता शेयर, २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० रुपैयाँमा शेयर किनबेच भएको छ । कारोबारमा तीन समूहको उपसूचकमा बाहेक अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ ।

बैंकिङ समूहको १३.७३, विकास बैंक ६२.७८, वित्त कम्पनी २१, होटल तथा पर्यटन ८१.९०, जलविद्युत ३४.३२, जीवन बीमा ५४.२४, माइक्रोफाइनान्स ४८.९२, टेडिंङ समूहको ६८.९२, निर्जीबन बीमा समूहको उपसूचक २५८.५८ अंकले बढेको छ भने उत्पादन तथा प्रशोधन ३७.३७, म्युचुअल फण्ड ०‍.०८ र अन्य समूहको उपसूचक २३.९८ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज ४ वटा कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा धौलागिरी लघुवित्त वित्तीय संस्था, सृजनशिल लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स रहेका छन् । त्यस्तै, आज एनएमबी ५० को शेयरमूल्यमा भने सबैभन्दा बढी गिरावट भएको छ ।

आज कारोबार रकमका आधारमा नबिल बैंकको सबैभन्दा बढी भएको छ । कम्पनीको १६ करोड ८४ लाख ५१ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित : 2 January, 2023 3:50 pm