बाराही हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बाराही हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?



काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको आइपीओ दोस्रो बजारमा सूचीकृत भएको छ । बाराहीको चुक्ता पुँजीका आधारमा कायम २५ लाख कित्ता शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो ।

पुस १९ गते मंगलबारबाट यसको शेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ ।जसअनुसार बाराहीको पहिलो कारोबार न्यूनतम ६४ रुपैयाँ ९७ पैसादेखि अधिकतम १९४ रुपैयाँ ९१ पैसाभित्र रहेर हुनेछ ।

‘बीएचपीएल’ संकेतमा यसको कारोबार खुला हुनेछ । कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म कुल ५ लाख ५४ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।

प्रकाशित : १८ पुष २०७९, सोमबार १५:१७