लाभांश पारितका लागि आइएमई जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लाभांश पारितका लागि आइएमई जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रस्तावित लाभांश सहितका विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा आव्हान गरेको छ । पुस १७ गतेको सञ्चालक समितिको बैठकले माघ ९ गते २५औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा विहान ११ बजेृका लागि बोलाईएको छ ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७० करोड १६ लाख ५१ हजारको आधारमा ६ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि रू. ५३ लाख ७३ हजार ६३६ बराबर नगद लाभांश वितरण गर्न लागेको हो ।

साधारण सभा प्रयोजनका लागि कम्नपीले पुस २७ गतेदखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

प्रकाशित : १८ पुष २०७९, सोमबार १०:४३