दोहोरो अंकले बढ्यो बजार, पाँच कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दोहोरो अंकले बढ्यो बजार, पाँच कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट



काठमाडौं । शेयर बजार दोहोरो अंकले उकालो लागेको छ । साताको पहिलो दिन आइतबार बजार १७.२६ अंकले बढेर २०४६.२९ बिन्दुमा पुगेर रोकिएको हो ।

आज २६१ कम्पनीको १ करोड ८ लाख ८० हजार ९०४ कित्ता शेयर ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँको शेयर किनबेच भएको छ ।

बजार दोहोरो अंकले बढ्दा नेप्सेका १३ उपसमूहमध्ये अधिकांश समूहको उपसूचकमा सुधार आएको छ । बैंकिङ समूहको उपसूचक ६.७५ अंकले बढेको छ । यस्तै, होटल तथा पर्यटन १४.९६, जलविद्युत ५.५३, जीवन बीमा ३०१.३५, उत्पादन तथा प्रशोधन ३१.४०, माइक्रोफाइनान्स २८.४९, निर्जीबन बीमा १६२.०८, अन्य समूहको उपसूचक २५.४५ र ट्रेडिङ समूहको उपसूचक ६.०९अंकले बढेको छ । कारोबारमा विकास बैंक २.१२ र वित्त समूहको उपसूचक भने ३.२१ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज ५ वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा सृजनशिल लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स रहेका छन् । त्यस्तै, आज सिद्धार्थ इक्विटी फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट आएको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंक लिमिटेडको भएको छ। बैंकको २२ करोड ५७ लाख ४८ हजार ९७९ रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १७ पुष २०७९, आईतवार १५:४२