प्रभु लाइफले दियो बीमितको परिवारलाई २० लाख रुपैयाँ दाबी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु लाइफले दियो बीमितको परिवारलाई २० लाख रुपैयाँ दाबी



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । गत वर्षको पुस २८ गते प्रभु लाइफमा २० लाख रुपैयाँ बीमाङ्क रकमको जीवन बीमा गर्नुभएका गणेश विश्वकर्माको यही असोज २८ गते मृत्यु भएको थियो ।

पहिलो प्रीमियम स्वरुप १ लाख ३६ हजार ६५४ रुपैयाँ रकम मात्र बीमा शुल्क बुझाउनु भएका उहाँको दोस्रो किस्ता रकम (बीमा शुल्क) बुझाउने समय अगावै मृत्यु भएको थियो । प्रभु लाइफले बीमित स्वर्गिय गणेश विश्वकर्माका श्रीमती सन्तमाया मगर र निजका बुबा धन बहादुर मगरलाई धरान शाखा कार्यालयमा एक कार्यक्रमका बीच सो वाततको चेक हस्तान्तरण गरेको थियो ।

प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राईले संयुक्त रुपमा परिवारलाई सो चेक हस्तान्तरण गरेका थिए ।

प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराईले जीवन बीमालाई विश्वासनीय बनाउन दाबी भुक्तानीलाई सरल, सहज र चुस्तरुपमा गरिने कम्पनीको नीति रहेको प्रष्ट पारे ।

जीवन बीमाले बीमित परिवारलाई यस किसिमका अकल्पनिय घटनाबाट आइपर्ने आर्थिक जोखिम बहन गर्ने बताए । जसले बीमित परिवारलाई आफ्नो जीवनयापनमा केही मात्रामा सहजता आउने विश्वास भट्टराईले जानकारी दिए ।

दाबी भुक्तानी कार्यक्रममा धरान शाखामा कार्यरत सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, अभिकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : १७ पुष २०७९, आईतवार १०:०२