पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडाैं । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १७ गते अन्तिम दिन हो । नेपाल टेलिकम, नबिल बैंक, महालक्ष्मी विकास बैंक, बुटवल पावर कम्पनी, र सिद्धार्थ इन्सुरेन्सले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्दैछन् । त्यसैले यी कम्पनीहरुको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बनिसक्नु पर्नेछ ।

नेपाल टेलिकमले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यसले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । यस कम्पनीको सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

नबिल बैंकले गत वर्षको नाफाबाट १८.५० प्रतिशत बोनस सेयर र कर सहित ११.५०% नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । यसको सभा लैनचौर ब्यांक्वेट, लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

महालक्ष्मी विकास बैंकले गत वर्षको नाफाबाट ४प्रतिशत बोनस सेयर र करसहित ६.४७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न नबिल बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । नबिलको सभा सिल्भर ओक ब्यांक्वेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

बुटवल पावर कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५प्रतिशत बोनस सेयर र करसहित ७.५०प्रतिशतनगद लाभांश गरी कुल १२.५०प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कार्की ब्यांक्वेट, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सिद्धार्थ इन्सुरेन्सले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ९प्रतिशतबोनस सेयर र कर प्रयोजनको लागि ०.४७प्रतिशतनगद लाभांश वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल पर्यटन बोर्डको सभाकक्षमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

प्रकाशित : १७ पुष २०७९, आईतवार ०८:१६