यस साता ८.६१ प्रतिशत बढेको बजारमा कुन-कुन कम्पनीले कमाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यस साता ८.६१ प्रतिशत बढेको बजारमा कुन-कुन कम्पनीले कमाए ?



काठमाडौं । यो साता नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) उकालो लागेको छ । १६०.८५ अंकले बढेको बजारमा २६२ वटा कम्पनीहरुको एक लाख ८४ हजार ९२६ वटा कारोबार भएको हो ।

जसअनुसार २ करोड ८९ लाख ४४ हजार १९५ कित्ता शेयर खरिद बिक्री हुदाँ कारोबार रकम १० अर्ब ८३ करोड १८ लाख ४६ हजार ८८१ रुपैंया बराबरको भएको छ ।

कारोबारको पहिलो दिन १८६८.१८ अंकमा खुलेको बजार साताको अन्तिम दिन ८.६१ प्रतिशतले बढेर २०२९.०३ अंकमा बन्द भयो । त्यस्तै, यो हप्ता ४ दिन कारोबार भएको नेप्सेमा तीन दिन बजार बढेर अधिकांश सूचकमा हरियाली छाएको थियो भने एक दिन बजार घटेको थियो । यो साता उच्च बिन्दु २०२९.११ अंक बनाएको नेप्सेले हप्ताकै न्युन बिन्दु १८६६.३७ अंक बनाएको थियो ।

सबैभन्दा धेरै कमाउने टप ५ कम्पनीहरु

यस साता शिर्ष कमाउने कम्पनीहरुमा पहिलो स्थानमा सिर्जनशिल लघुवित्त वित्तिय संस्था रहेको छ । यसका शेयर लगानीकर्ताले सबैभन्दा बढी मुनाफा आर्जन गरेका छन् । जसको शेयरमुल्य ४६.३८ प्रतिशतले बृद्धि भई प्रतिकित्ता १७६५.१० रुपैंया पुगेको छ।

त्यसैगरी दोस्रो स्थानमा धौलागिरी लघुवित्त वित्तिय संस्था रहेको छ । यसको शेयर ४३.५२ प्रतिशतले बढेर प्रतिकित्ता १०४५.७० रुपैंया पुगेको छ। साथै, खप्तड लघुवित्त वित्तिय संस्थाको शेयर ३३.५१ प्रतिशतले बढेर प्रतिकित्ता ८७२.६ रुपैंया, सिद्धार्थ इन्स्योरेन्स कम्पनीको ३०.०८ प्रतिशतले बृद्धि भएर प्रतिकित्ता ६४० रुपैंया पुगेको छ । अन्तिममा यस साता कमाउने कम्पनीमा तेह्थुम पावर कम्पनी रहेको छ भने यसको शेयरमुल्य २९.६३ प्रतिशतले बढेर प्रतिकित्ता ४०६.९ प्रतिशत बन्द भएको छ ।

प्रकाशित : १६ पुष २०७९, शनिबार १४:४९