शेयर लगानीकर्ताको माग सम्बोधन गर्न सरकार सकारात्मक छः अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर लगानीकर्ताको माग सम्बोधन गर्न सरकार सकारात्मक छः अर्थमन्त्री



काठमाडाै । उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले शेयर लगानीकर्ताको मागमा आफु सकारात्मक रहेको बताएका छन्। नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालका पदाधिकारीको भेटघाटमा मन्त्री पौडेलले शेयर लगानीकर्ताको माग सम्बोधन गर्न तत्पर रहेको बताए ।

मन्त्री पौडेललाई बधाई तथा शुभकामना दिनको लागि नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालका पदाधिकारी बिहिबार अर्थ मन्त्रालय पुगेका थिए । भेटघाटको क्रममा मन्त्री पौडेल समक्ष मौखिक माग राखिएको र मागका सम्बन्धमा मन्त्री सकारात्मक रहेको तथा माग पुरा गर्ने विश्वास दिलाएको एक लगानीकर्ताले बताए ।

भेट्न गएका लगानीकर्ताले अर्थमन्त्रीसंग १२ करोडको शेयर धितो कर्जाको सीमा हटाउनु पर्ने, मार्जिन कर्जाको जोखिम भारित औषत १५० बाट झारेर १०० प्रतिशत कायम गरिनु पर्ने, अदालती प्रक्रिया टुंग्याएर ब्रोकर लाईसेन्स वितरण गरिनु पर्ने लगायतका सुझाव पेश गरेका छन् ।

जवाफमा मन्त्री पौडेलले आर्थिक समृद्धिका लागि सेयर बजार अपरिहार्य रहेको र शेयरबजारको हालको अवस्थाबारे आफु चिन्तित रहेको बताएका छन् । लगानीकर्ताका मागका विषयमा आफु पहिल्यैदेखि जानकार रहेको र राष्ट्र बैंक तथा धितोपत्र बोर्डसँग छलफल गरेर अगाडी बढ्ने आश्वासन दिएका छन् ।

प्रकाशित : १५ पुष २०७९, शुक्रबार १५:०६