प्रभु बैंकको साधारण सभा सम्पन्न, लाभांश र मर्जरको प्रस्ताव पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकको साधारण सभा सम्पन्न, लाभांश र मर्जरको प्रस्ताव पारित



काठमाडौं । प्रभु बैंक लिमिटेडको २१ औं वार्षिक साधारण बिहीबार सम्पन्न भएको छ । सभा बैंकको बबरमहलस्थित प्रधान कार्र्यालयमा अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व.को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । त्यस्तै, सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ ।

सभाले शेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ६.५० प्रतिशत बोनस शेयर र १‍.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी, सभाले प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने तथा संयुक्त प्राप्ति समितिले गरेको निर्णय लगायतका सम्पूर्ण कार्य अनुमोदन गरेको छ। सभाले सेञ्चुरी कमर्सियल बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । सभाले बैंकको अधिकृत पूँजी वृद्धि गरी २४ अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सम्पन्न सभाले ६.५० प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय पारित गरे पश्चात् बैंकको चुक्ता पूँजी १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार ९ सय ४६ रुपैयाँ पुगेको छ ।

प्रकाशित : १४ पुष २०७९, बिहीबार १६:४२