सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले शेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने सम्झौंता समेत पारित गरेको छ । यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित गत आर्थिक वर्षको आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका प्रतिवेदन पारित भएको छ ।  

चालु आवको असोज मसान्तसम्म बैंकले कुल निक्षेप ८२.४२ अर्ब र कर्जा रकम ६६.९३ अर्ब परिचालन गरी २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रकाशित : १४ पुष २०७९, बिहीबार १६:०१