कुमारी बैंकको शेयर कारोबार पुस १७ गतेदेखि रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कुमारी बैंकको शेयर कारोबार पुस १७ गतेदेखि रोक्का



काठमाडौं । कुमारी बैंकको शेयर कारोबार पुस १७ गतेदेखि १५ दिनका लागि रोक्का हुने भएको छ। एकीकृत कारोबार सुरु हुने भएसँगै पुस १७ गतेबाट शेयर कारोबार रोक्का गरिदिन कुमारी बैंकले नेपाल स्टक एक्सचेन्ज९नेप्से०लाई आग्रह गरेको हो।

धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्था बमोजिम शेयर कारोबार रोक्का गर्न लागिएको हो ।

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर प्रक्रिया टुंगिएर पुस १७ बाट एकीकृत कारोबार सुरु हुँदैछ। कारोबार खुलेपछि एनसीसी बैंकको शेयर कुमारी बैंकको नाममा कारोबार गर्न मिल्नेछ।

यसअघि सोही प्रक्रिया पूरा गर्न एनसीसी बैंकले पनि नेप्सेलाई आफ्नो शेयर कारोबार रोक्का गरिदिन नेप्सेलाई आग्रह गरिसकेको छ। अब यी दुवै बैंकको शेयर कारोबार पुस १७ गतेदेखि १५ दिनका लागि रोक्का हुनेछ।

प्रकाशित : १४ पुष २०७९, बिहीबार १२:०२