नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाईसेन्स दिने नियमावलीको विषयमा सर्वोच्चमा परेको रिट खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाईसेन्स दिने नियमावलीको विषयमा सर्वोच्चमा परेको रिट खारेज



काठमाडौं । नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाईसेन्स दिने नियमावलीको विषयमा सर्वोच्चमा परेको रिट खारेज भएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलाशले उक्त रिट खारेज गरेको हो ।

अधिवक्ता अमृत खरेलले नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाईसेन्स दिनको लागि संशोधन गरिएका नियमावली खारेज गर्न माग गर्दै कार्तिक १६ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

आज उक्त रिटमाथि सुनुवाई गर्दै न्यायधीशहरु हरिकृष्ण कार्की , ईश्वरप्रसाद खतिवडा , डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र सपना प्रधान मल्ल सम्मिलित पूर्ण इजलाशले उक्त रिट खारेज गरेको हो ।

रिट खारेज भएसँगै अब संशोधन गरिएका यी नियमावली बदर हुने छैनन् ।

प्रकाशित : १३ पुष २०७९, बुधबार १६:५७