शेयर बजारमा दोहोरो अंकको गिरावट, ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजारमा दोहोरो अंकको गिरावट, ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से ११.८१ अंक घटेर १९७२.१५ विन्दुमा पुगेर रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.७२ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.८६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५२ अंकले घटेको छ ।

बुधबार कारोबारमा आएका २५७ कम्पनीको ६५ लाख ३० हजार कित्ता शेयर २ अर्ब १५ करोड ३५ लाख ४७ हजार रुपैंयामा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको छ । मंगलबार ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाबराबरको शेयर किनबेच भएको थियो ।

बजार दोहोरो अंकले घट्दा नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत १५.१८, जीवन बीमा ५.२४, निर्जीबन बीमा समूहको उपसूचक ९.८० अंकले बढेको छ । त्यस्तै, बैंकिङ समूहको १३.४४, विकास बैंक ३३.९६, होटल तथा पर्यटन ६२.७४, उत्पादन तथा प्रशोधन १५‍.४५, माइक्रोफाइनान्स ४६.४८, ट्रेडिङ समूहको उपसूचक १५.६९ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज ६ वटा कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, सृजनशिल लघुवित्त, वन नेपाल लघुवित्त रहेको छ ।

आज महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज नबिल बैंकको ८ करोड ८५ लाख ९१ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १३ पुष २०७९, बुधबार १५:४२