एनसीसी बैंकको शेयर कारोबार १५ दिन रोक्का हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनसीसी बैंकको शेयर कारोबार १५ दिन रोक्का हुने



काठमाडौं । एनसीसी बैंकको शेयर कारोबार पुस १७ गतेदेखि १५ दिनसम्म रोक्का हुने भएको छ । बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएसंगै शेयर कारोबार रोक्का गरिदिन नेप्सेलाई आग्रह गरेको हो ।

‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्था बमोजिाम शेयर कारोबार रोक्का गर्न लागिएको हो ।

कुमारी बैंक र एनसीसी बैंक एक आपसमा मर्ज भएर पुस १७ गतेबाट एकीकृत कारोबार गर्दैछन् । मर्जरपछि अब कुमारी बैंकको नामबाट कारोबार सुरु हुनेछ । तसर्थ, लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि सेयर कारोबार रोक्का हुने भएको हो ।

प्रकाशित : १३ पुष २०७९, बुधबार १५:०२