पाँच कम्पनीको बोनस शेयरमा मूल्य समायोजन,कुन कम्पनीको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पाँच कम्पनीको बोनस शेयरमा मूल्य समायोजन,कुन कम्पनीको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पाँच कम्पनीको बोनस शेयरमा मूल्य समायोजन गरेको छ । नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, लुम्बिनी विकास बैंक, राधी विद्युत कम्पनी र बिन्ध्यबासिनी हाइड्रोपावरको बोनस शेयरमा मूल्य समायोजन भएको हो ।

यी कम्पनीहरुले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस १३ गते बुधबार बुक क्लोज गर्दैछन् । आज मंगलबार (पुस १२) गतेसम्म कायम रहेका शेयरधनीहरुले लाभांश पाउनेछन् ।

बुधबार यी कम्पनीहरुको शेयर कारोबार समायोजित मुल्यलाई आधार मानेर खुला हुनेछ । नेपाल एसबीआई बैंकको ३ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको मुल्य प्रतिकित्ता २८७ रुपैयाँ ७७ पैसा कायम भएको छ । यस्तै, सिद्धार्थ बैंकको १२.५० प्रतिशत बोनस शेयरपछि समायोजित मुल्य प्रतिकित्ता ३०१ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

लुम्बिनी विकास बैंकको पनि ३५ बोनस शेयरमा मूल्य समायोजन भएको छ । यसको समायोजित मुल्य प्रतिकित्ता ३३६ रुपैयाँ ८९ पैसा कायम भएको छ । यता, राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस शेयरपछि समायोजित मुल्य प्रतिकित्ता २११ रुपैयाँ ९३ पैसा र बिन्ध्यबासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस शेयरपछि समायोजित मुल्य प्रतिकित्ता ३६५ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

प्रकाशित : १२ पुष २०७९, मंगलवार १७:४६