कुमारी र एनसीसी बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार थाल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी र एनसीसी बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार थाल्ने



काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले मर्जरपश्चात पुस १७ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन्। यी दुबै बैंकहरुले कुमारी बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेका हुन्।

मंसिर २५ गते सम्पन्न यी बैंकहरुको विशेष साधारण सभाले १ बराबर १ शेयर स्वाप रेशियोमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए। एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले पुस ६ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो।

पुस १७ गतेदेखि एकीकृत कारोबार शुरु गरिने भएको हुँदा डाटा माइग्रेशन प्रयोजनार्थ पुस १५ र १६ गते सार्वजनिक बिदाका दिन यी दुबै बैंकहरुले प्रदान गर्दै आइरहेको बैंकिङ्ग सेवाहरु बन्द रहने भएको छ।

प्रकाशित : १२ पुष २०७९, मंगलवार १४:०६