काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । यी दुई लघुवित्त संस्थाहरुबीच सोमबार एकआपसमा गाभिने सम्झौता भएको हो ।
विराटनगरमा आयोजित एक कार्यक्रममा दुवै संस्थाका अध्यक्षले सम्झौतापत्रमा हस्ताक्षर गरी एक आपसमा गाभ्ने–गाभिने सहमति गरेका थिए । दुवै संस्थाले आधारभुत सेयरधनीहरुको सेयर कारोबार रोक्का गर्न नेप्सेलाई अनुरोध गरेका छन् ।
Comment