अर्थतन्त्र संकटको डिलमा छ, सुरक्षित ठाउँमा फर्काउनको लागि मेहनत गर्नु छः अर्थमन्त्री पाैडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थतन्त्र संकटको डिलमा छ, सुरक्षित ठाउँमा फर्काउनको लागि मेहनत गर्नु छः अर्थमन्त्री पाैडेल



काठमाडाै । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र संकटको डिलमा पुगेको बताएका छन् ।

सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पौडेलले अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउनका लागि आफूले मेहनत गर्ने बताएका हुन् ।

‘अर्थतन्त्र संकटको डिलमा छ, सुरक्षित ठाउँमा फर्काउनको लनगि मेहनत गर्नु छ,’ पदभार ग्रहण गर्दै पौडेलले भने, ‘विज्ञ र सरोकारवालाका सुझाव लिएर समस्या पहिचान गरेर समधानको बाटोमा लाग्ने काम गर्छु ।’

उनले जनादेशअनुसारको जिम्मेवारी लिएको भन्दै भागवण्डामा नलागी कर्तव्यमा विश्वास गर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको शपथ लिएसँगै उपप्रधानमन्त्रीहरू पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने तथा मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका थिए ।

प्रकाशित : ११ पुष २०७९, सोमबार १८:१३