जाँदाजाँदै अर्थमन्त्रीले भने- अर्थतन्त्र सुधार उन्मुख छ, राष्ट्र बैंक र अर्थमन्त्रालयको महत्व बुझे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जाँदाजाँदै अर्थमन्त्रीले भने- अर्थतन्त्र सुधार उन्मुख छ, राष्ट्र बैंक र अर्थमन्त्रालयको महत्व बुझे



काठमाडाैं । र्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । आफ्नो कार्यकाल सम्पन्न गरी बिदाई हुन लागेका शर्माले सोमबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका छन् ।

सोमबार मन्त्रालयबाट बाहिरिँदै गर्दा कर्मचारीसँगको बिदाई कार्यक्रममा उनले मन्त्री भएपछि राष्ट्र बैंक र मन्त्रालयलाई राम्ररी बुझ्ने अवसर पाएको अनुभव सुनाए ।

‘मैले अर्थमन्त्रालय सम्हालेपछि अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई राम्रोसँग बुझ्ने अवसर पाएँ । उनले अर्थमन्त्री भएपछि सरकार कसरी चलाउने ? देशको आम्दानी र खर्च, ऋण लिने प्रकृया, वैदेशिक सहायताका बारेमा धेरै कुरा बुझेको पनि बताए ।

वित्त र मौद्रीक नीतिबीच सन्तुलन चाहिने भन्दै उनले त्यसो गर्न नसक्दा अर्थतन्त्रमा समस्या आउने आफूले महसुस गरेको उनको भनाइ छ । यसलाई सन्तुलन गर्ने प्रत्यत्न गरिएको शर्माले बताए । यसमा राष्ट्र बैंकसँग निरन्तर छलफल गरिएको उनको भनाइ छ । ब्याजदर वृद्धि र मागमा आएको संकुचनले बजारमा देखिएको समस्या समाधान गरी चलायमान गरी ऋण प्रवाह आवश्यक रहेको उनको तर्क छ ।

रोजगारी सिर्जनामा समेत जोड दिइएको उनले बताए । उनले विभिन्न पूर्वाधार परियोजनाबारे समेत उल्लेख गरेका छन् । वैदेशिक सहायता प्राप्तिमा समेत उल्लेख्य प्रगति गरेको उनले बताए । आर्थिक वृद्धिका लक्ष्य प्राप्त हुने उनको भनाइ छ ।

प्रकाशित : ११ पुष २०७९, सोमबार १५:४८