शेयर बजारमा हरियाली, ५६.८८ अंकले बढ्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजारमा हरियाली, ५६.८८ अंकले बढ्यो नेप्से



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकको सुधार भएको छ । आज बजार ५६.८८ अंकले बढेर १९२४.०९ बिन्दुमा पुगेको हो ।

२५० कम्पनीको ५६ लाख ५३ हजार ५३ कित्ता शेयर २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँको शेयर किनबेच भएको छ ।

कारोबारमा आज सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । बैंकिङ समूहको ४२.७३, विकास बैंक १५२.०५, वित्त कम्पनीको ९५.१९, जलविद्युत १००.०९, जीवन बीमा २५२.१०, उत्पादन तथा प्रशोधन १३९.८८, माइक्रोफाइनान्स ११८.८१, निर्जीबन बीमा २५७.६२, ट्रेडिङ समूहको उपसूचक ५६.५६ अंकले बढेको छ ।

नेप्सेका अनुसार आज ७ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा गोर्खाज फाइनान्स, धौलागिरी लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, सृजनशिल लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स, हिमालयन पावर पार्टनर, घलेम्दी हाईड्रो रहेका छन् ।

त्यस्तै, १० वटा कम्पनीको शेयरमूल्य पनि ८ प्रतिशत भन्दा बढीले बढेको छ । आज नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यसको आज २० करोड ८८ लाख ७ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ११ पुष २०७९, सोमबार १५:४२