मेगा बैंकको कामु सीईओमा पोखरेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मेगा बैंकको कामु सीईओमा पोखरेल नियुक्त



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तुल्सीराम पोखरेलले पाएका छन्। बैंक सञ्चालक समितिको गत पुस ७ गते बसेको बैठकले पुस ९ गतेदेखि लागू हुने गरी पोखरेललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

अर्को व्यवस्था नभएसम्मका लागि पोखरेललाई कामु सीईओ जिम्मेवारी दिने निर्णय भएको बैंकले जनाएको छ। यसअघि कामु सीईओबाट रविना देशराज श्रेष्ठले राजीनामा दिएकी थिइन्। उनको राजीनामा पुस ८ गते अन्तिम कार्यदिन हुने गरी बैंक सञ्चालक समितिले स्वीकृत गरिसकेको छ।

प्रकाशित : ११ पुष २०७९, सोमबार ११:३४