सुनचाँदीको मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य स्थिर



काठमाडौं । सोमबार सुनको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहँदै छापावाल सुनको मुल्य प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको छ।

आइतबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य पनि स्थिर रहँदै प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि चाँदीको मुल्य स्थिर रहँदै १ हजार ३९० रुपैयाँमै कारोबार भएको थियो।

प्रकाशित : ११ पुष २०७९, सोमबार ११:१९