पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त, सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त, सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण



काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रचण्डले प्रधानमन्त्रीम राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए ।

तेस्रोपटक प्रधानमन्त्री बनेका उनले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

प्रकाशित : १० पुष २०७९, आईतवार १८:५६