मुक्तिनाथ विकास बैंकको साधारण सभा पुस ३० गते, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुक्तिनाथ विकास बैंकको साधारण सभा पुस ३० गते, बुक क्लोज कहिले ?



काठमाडौं । मुक्तिनाथ विकास बैंकले पुस ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सभा होटल पोखरा ग्राण्ड, पार्दी, कास्कीमा बिहान १० बजेदेखि गर्ने निर्णय गरेको हो ।

सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १३.५० प्रतिशत बोनस शेयर र कर तिर्न ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

साथै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।

त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि बैंकले पुस २० गते बुक क्लोज गर्दैछ । तसर्थ, पुस १९ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : १० पुष २०७९, आईतवार १२:२२