राष्ट्रिय वाणिज्य बैंकको एकैपटक ५ वटा शाखा कार्यालयको उद्घाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंकको एकैपटक ५ वटा शाखा कार्यालयको उद्घाटन



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एकैपटक ५ वटा शाखा कार्यालयको उद्घाटन गरिएको छ। प्रदेश १ मा ताप्लेजुङ, तेह्रथुम र धुलाबारी, मधेस प्रदेशमा मलगंवा र बागमती प्रदेशमा रसुवास्थित शाखा कार्यालयहरुको शनिबार उद्घाटन गरिएको हो।

यीसँगै बैंकको देशभर २६४ वटा शाखा कार्यालय सञ्चालनमा आएका छन्। शाखा कार्यालयहरु ताप्लेजुङको बैंक सञ्चालक दिलीपकुमार ढुंगाना, तेह्रथुमको म्याग्लुङ नगरका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे, धुलाबारीको झापा १ (ख)का प्रदेश सांसद गोपाल तामाङ, मलगंवाको सर्लाही २ (ख)का प्रदेश सांसद कौशल किशोर दास र रसुवाको रसुवा (ख)का प्रदेश सांसद इन्द्रप्रसाद गोतामेले शनिबार अगल–अलग कार्यक्रमबीच उद्घाटन गरेका हुन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले देशको दूरदराज तथा सहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा बैंकिङ सेवा प्रवाह गरिरहेको बताए।

शाखा कार्यालयको उद्घाटनमा बैंकतर्फबाट बैंक सञ्चालक प्राडा राजनबहादुर पौडेल र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ शाखा कार्यलय धुवलाबारीमा, बैंक सञ्चालक लक्ष्मण घिमिरे र नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल शाखा कार्यलय रसुवामा, नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी शाखा कार्यालय मलगंवामा, उपकार्यकारी अधिकृत पवन रेग्मी शाखा कार्यालय ताप्लेजुङमा र उपकार्यकारी अधिकृत विनयरमण पौडेल शाखा कार्यालय तेह्रथुममा सहभागी भएका थिए।

शाखा कार्यालयहरुको उद्घाटन समारोहमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सेना, प्रहरी, उद्योगी, व्यवसायी, कर्मचारीलगायतको उपस्थिति थियो।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटीएम र १०२ वटा शाखारहित बैंकिङ छन्।

प्रकाशित : १० पुष २०७९, आईतवार ११:०४