बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन



काठमाडौं । बुद्ध एयर प्रा.लि.का अध्यक्ष सुरेन्द्र बस्नेतको निधन भएको छ । भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतको ९३ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन गरेका बस्नेत नेपाल बार एशोसिएशनका संस्थापक सदस्य हुन् भने उनी २०२४ सालमा कानुन, न्याय तथा शिक्षा मन्त्री, २०२५ सालमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत भएका थिए ।

निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्तसमेत भएका उनी नेपाल प्रेस काउन्सिलको पनि संस्थापक अध्यक्ष हुन् । उनका २ छोरा र एक छोरी छन् । उनको अगुुवाइमा बुद्ध एयर स्थापना भएको हो । 

प्रकाशित : १० पुष २०७९, आईतवार ०८:४१