सिक्किमी स्वादमा नेपाली ब्राण्डको नेपाली चिया ” चिया चुस्की “ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिक्किमी स्वादमा नेपाली ब्राण्डको नेपाली चिया ” चिया चुस्की “



काठमाडाैं । नेपाली चिया पारखीहरुका लागि चिया चुस्कीले बिभिन्न स्वादका चिया बजारमा ल्याएको छ । नेपालको चिया भुमिको रुपमा परिचित ईलामको उत्कृष्ट सुगन्धित चियाका ताजा पत्ता मिश्रण गरि रक्तकाली चिया उधोग ईलामबाट उत्पादित ग्रिन टि, ह्वाइट टि, यल्लो टि, आईस टि तथा सि टि सि चिया चिया चुस्की ब्राण्डका बहु स्वादिलो चिया बजारमा ल्याएको हो । 

उक्त चिया नेपाली बजारमा पाईने उत्कृष्ट चिया मध्यमा पर्ने कम्पनीको भनाई छ । स्वाद र स्वास्थमा उत्तिकै गुणस्तरिय रहेको दावि कम्पनीको छ । बिषाधीरहित वगानका ताजा चियाका पत्ता बाट निर्माण गरिएकाले यसमा एण्टिअक्सिडेन्टहरु भएकाले शरिरमा भएका जिवित कोषलाई सुरक्षा दिई मृत कोषलाई पुर्नजिवित गरि क्यान्सर उत्पन्न गर्ने कोशिकाहरुलाई मार्न सहयोग प्रदान गर्दछ । नियमित रुपमा यो व्राण्डको चिया सेवन गर्नाले शरिरमा रोग प्रतिरोधात्मक क्षमताको बिकाश गर्दछ । यस ब्राण्डका चियाको सेवन बाट शरिरलाई हाईड्रटेड र मोईस्चराईज राख्दछ। 

अनावश्यक रुपमा शरिरमा जमेको बोसो पगालि शरिरको तौललाई नियन्त्रण गर्दछ । मुख तथा श्वास को दुर्गन्ध हटाई सुगर रोग तथा उच्च रक्तचाप बाट उत्पन्न हुने जोखिमलाई नियन्त्रण गरि मुटुको रोग तथा हृदयघात हुन बाट समेत बचाउछ। शरिरको पाचन प्रणालीलाई मजबुत बनाउनुको साथै अनिन्द्रा बाट छुटकरा दिलाउछ । हाल सुफत मुल्यमा दराज अनलाईन बाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ । 

यसको प्याकेजिगं तथा वजारिकरण भने  बशिष्ठ श्री कृषि फार्म बिराटगर १९ ले गरेको छ ।

प्रकाशित : ८ पुष २०७९, शुक्रबार १४:४१