सिद्धार्थ इन्स्योरेन्सको ३१ प्रतिशत लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ इन्स्योरेन्सको ३१ प्रतिशत लाभांश पारित



काठमाडौं २४ पुस । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १५ औं साधारण सभाले ३० प्रतिशत बोनस सेयर र १.५७८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ ।

कम्पनीको सभाले बोनस सेयर वितरण पछि हुने चुक्ता पुँजीको आधारमा १९.२३० प्रतिशत हकप्रद दिने प्रस्ताव पनि पारित गरेको हो । कम्पनीले आव २०७२/७३ मा बिभिन्न बीमा व्यवसायबाट १ अर्ब १६ करोड बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले चालु आवको मंसिर मसान्तसम्ममा भने ६३ करोड ६० लाख बीमा शुल्क आर्जन गर्न सफल भएको र १ अर्ब १५ करोड लगानी गरेको जानकारी सभामा दिइएको छ ।

प्रकाशित : २४ पुष २०७३, आईतवार ११:१६